काठमाडौं र भक्तपुरबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ

भक्तपुर र काठमाडौंबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ परेका छन् ।बुढानीलकण्ठ नगरपालिका–८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिलन समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ४ सय २)रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।त्यसैगरी भक्तपुर नगरपालिका–१ चुनदेबीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । भक्तपुर सल्लाघारी बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएका ५२ वर्षीय ओमबहादुर जोगीसमेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *