झुम्का कारागारबाट एक हजार ५७५ कैदीबन्दी भागे

काठमाडौं । सुनसरीको झुम्का कारागारबाट मंगलबार राति एक हजार ५७५ जना कैदीबन्दी बाहिरिएका छन् ।

जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा मंगलबार राति आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरु निस्किएको जेलर सुभाष लामिछानेले बताए ।

उनका अनुसार सुरुवातमा ब्लक ‘बी’ बाट साढे १० बजेसम्म चार सय हाराहारी निस्किएको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले गर्दा ब्लक ‘बी’ का अरु कैदीबन्दीसँगै ब्लक ‘ए’ का पनि बाहिरिएका हुन् ।

राति अबेरसम्म कारागारबाट सवै कैदीबन्दी बाहिरिए पनि सेनाले पत्राउ गरेका र केही आफै फर्किएका गरि अहिले २२० जना मात्रै कैदीबन्दी रहेका छन् । ब्लक ‘ए’ र ‘बी’ दुवैका चौकीकार पनि कारागारमै रहेका छन् । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरि १ हजार सात सय ९५ जना कैदी रहेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *