जेनजी प्रदर्शनमा अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ , १,७७१ घाइतेको उपचार

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा हालसम्म ३६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, देशभरिका अस्पतालहरूबाट प्राप्त विवरणअनुसार मृतक संख्या ३६ पुगेको हो।

डा. देवकोटाका अनुसार, हाल देशभरिका ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको छ भने, समग्रमा १,७७१ जना घाइतेले उपचार पाइसकेका छन्। घाइतेहरूलाई अस्पतालले निःशुल्क उपचार प्रदान गरिरहेको छ।

उपचाररत घाइतेहरूको विवरण यस प्रकार छ:

निजामती कर्मचारी अस्पताल – २३ जना

ट्रमा सेन्टर – ३२ जना

त्रिवि शिक्षण अस्पताल – २५ जना

काठमाडौं मेडिकल कलेज – ३५ जना

नेपाल पुलिस अस्पताल – २८ जना

झापाको बीएन्डसी अस्पताल – ५३ जना

साथै, प्रदर्शनका क्रममा घाइते भएका १,३७९ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *