आजको मौसम: तराईमा हुस्सु, कर्णालीका केही ठाउँमा हिमपातको सम्भावना
आज कर्णाली प्रदेशका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ।
देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भइ एक/दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ। तराई क्षेत्रमा भने हुस्सु र कुहिरोको कहर छ। कुहिरोका कारण बिहानपख सडकमा सवारी चलाउन पनि समस्या हुने गरेको छ।
यस्तै हुस्सुका कारण तपाई क्षेत्रमा चिसो पनि अत्याधिक बढेको छ।
Facebook Comment