२४ घण्टामै १५ लाख विश्वकप टिकट आवेदन

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपका लागि २४ घण्टामै १५ लाखभन्दा बढी टिकट आवेदन प्राप्त गरेको जनाएको छ।

‘प्रिसेल ड्र’ सुरू भएको पहिलो २४ घण्टाभित्रै २१० देशका फुटबल समर्थकहरूले टिकटका लागि आवेदन दिएका हुन्।

टिकटको मागमा अमेरिका, मेक्सिको, क्यानडा, अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, इङ्ग्ल्यान्ड, स्पेन, पोर्चुगल र जर्मनी शीर्ष स्थानमा रहेका छन्।

फिफाका अनुसार, आवेदन दिएका दर्शकलाई सेप्टेम्बर २९ देखि इमेलमार्फत जानकारी दिइनेछ। त्यसपछि अक्टोबर १ बाट टिकट खरिद गर्न तोकिएको समय–स्लट उपलब्ध गराइनेछ।

सन् २०२६ को विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाका १६ शहरमा आयोजना हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *