ट्रम्पले भने– बाइडेन प्रशासनको कट्टरपन्थी र मूर्खतापूर्ण आदेश खारेज गर्छु
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिनुभन्दा केही घण्टाअघि वासिङटन डीसीमा एक ¥याली गरे । उनले यसक्रममा धेरै वाचा गरे ।
ट्रम्पले वासिङगटन डीसीमा उपस्थित आफ्ना हजारौँ समर्थकबीच निर्वाचनमा जितको विजयोउत्सव मनाए र भने, “म ऐतिहासिक गति र तागतका साथ काम गर्नेछु । हाम्रो देशले सामना गरिरहेको हरेक संकटको समाधान गर्नेछु ।” ट्रम्पले भने, “शपथग्रहण गरेको केही घण्टाभित्रै म बाइडेन प्रशासनको हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु ।”
ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रवद्र्धन गर्ने कार्यकारी आदेश जारी गर्ने वाचा गरे ।उनले आफूलाई सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा समेत गरे । बीबीसी हिन्दीबाट ।
Facebook Comment