गोरखामा फरार ६ कैदीबन्दी पक्राउ
काठमाडौं । तनहुँ र कास्की कारागारबाट फरार भएका ६ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की कारागारबाट भागेका पाँच र तनहुँ कारागारबाट भागेका एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको हो।
कास्कीबाट फरार चार जना चुमनुब्री–६, चुम्चेतका थिए। उनीहरूमा सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामा रहेका छन्। कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनीहरूलाई भदौ २५ र २६ गते नियन्त्रणमा लिइएको हो।
त्यसैगरी, कास्की कारागारबाट फरार भीमसेन थापा–१ मसेलका राजेश विश्व सुनार र तनहुँ कारागारबाट फरार विशाल उपरकोटीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार, फरार कैदीबन्दीको नियन्त्रणले स्थानीय सुरक्षा र कानून व्यवस्थामा बलियो प्रभाव परेको छ।


Facebook Comment