कारागार प्रशासनसँग सम्पर्कपछि कैदीबन्दी फर्किन थाले
काठमाडौं । चितवन कारागार कार्यालयबाट फरार भएका कैदीबन्दीमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन् ।
गत बिहीबार कारागार प्रशासनले सबै कैदीबन्दीका परिवार तथा आफन्तसँग सम्पर्क गरेको थियो । सोही सम्पर्कपछि कैदीबन्दीहरू क्रमशः कारागार फर्कन थालेका हुन् ।
कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार बुधबार बिहान ७४० जना कैदी फरार भएका थिए । तीमध्ये हालसम्म २३५ जना फर्किइसकेका छन् ।
फरारमध्ये महिला ४६ मध्ये २७ जना पुनः कारागार आइसकेका छन् । यस्तै, कैद भुक्तान गर्दै आएका चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारमा सम्पर्कमा आएको ढुङ्गानाले जानकारी दिए । साथै, अन्य कारागारका १४ कैदीबन्दी चितवन कारागारमा उपस्थित भएका छन् ।
उनका अनुसार कतिपय टाढा भएकाले फर्कन समय लाग्ने देखिएको छ । हालसम्म करिब ५० जना कैदीबन्दी भने सम्पर्कमा आइसकेका छैनन् ।


Facebook Comment