कांग्रेसले ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयमा गोष्ठी गर्ने
सत्तारुढ दल नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति विषयमा संवाद गोष्ठी गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा बुधबार वैदेशिक सहयोगको अर्थराजनीतिबारे छलफल गर्न लागिएको केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले बताए ।उनका अनुसार कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १२ः३० बजे सुरू हुनेछ ।
संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा. डा सञ्जय आचार्य, डा. ईन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहने उनले बताए।
Facebook Comment