अर्थ, पूर्वाधार र शहरी विकासको नेतृत्वमा खनाल
काठमाडौं । रामेश्वर खनालले सोमबार नयाँ अर्थमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति कायर्लय शीतलनिवासमा शपथ लिएका उनी तत्क्षणै सिंहदरबार पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै खनालसहित तीन जना नयाँ मन्त्रीलाई सरकारमा समेटेकी थिइन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति सामु उनीहरूले पद तथा गोपनीयताको शपथ खाएका थिए ।
खनाललाई अर्थ मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मा पनि दिइएको छ । मुलुकको आर्थिक सुधार, पूर्वाधार विस्तार र शहरी व्यवस्थापनलाई गति दिन उनीबाट ठूला पहल अपेक्षा गरिएको छ ।


Facebook Comment