मनसुन सक्रिय : आज देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर वर्षा हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भारततिर अवस्थित छ भने अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाले नेपालको मौसम प्रणालीलाई थप सक्रिय बनाएको छ।

मंगलबार दिनभर देशभर सामान्यतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी भू–भागका थोरै स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

मंगलबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षा हुने सम्भावना भएका स्थानहरूमा पहिरो, बाढी र नदी–नाला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *