देशभर बदली, पहाड र तराईका केही भागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै भारततर्फ अवस्थित रहेको जानकारी दिएको छ। विभागका अनुसार नेपालमा अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको समेत प्रभाव देखिएको छ।

यसको प्रभावस्वरूप बुधबार देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेस, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी विभागले दिएको छ।

विभागले सम्भावित वर्षाका कारण सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *