व्यापार सम्झौताको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्प भड्किए
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक अस्ट्रेलियाली पत्रकारसँग वाकयुद्धमा उत्रिएका छन्। व्यापार सम्झौतासम्बन्धी प्रश्नले ट्रम्पलाई असन्तुष्ट बनाएको थियो।
अस्ट्रेलियाली प्रसारण निगम (एबीसी)का पत्रकार जोन लियोन्सले ट्रम्पलाई दोस्रो कार्यकाल सुरु भएयता कति सम्पत्ति कमाउनुभयो भन्ने प्रश्न सोधेका थिए। त्यसको जवाफमा ट्रम्पले ‘मलाई थाहा छैन’ भन्दै हाल पारिवारिक व्यवसाय छोराछोरीले व्यवस्थापन गरिरहेको बताएका छन्।
तर, उनले पत्रकारलाई अस्ट्रेलियालाई हानि पुर्याइरहेको आरोप लगाउँदै भने, ‘तपाईं अहिले अस्ट्रेलियालाई धेरै चोट पुर्याइरहनुभएको छ। अस्ट्रेलियाले मसँग राम्रो सम्बन्ध चाहन्छ।’ साथै, आफू चाँडै अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने र पत्रकारबारे जानकारी दिने चेतावनी समेत दिए।
पत्रकार लियोन्सले अर्को प्रश्न राख्न खोज्दा ट्रम्पले औँला ओठमा राख्दै ‘चुप लाग्नुहोस्’ भने र अर्को पत्रकारतिर लागे। ट्रम्पको कठोर प्रतिक्रियापछि लियोन्सले भने, विनम्रतापूर्वक सोधिएका आफ्ना प्रश्नहरू अनुसन्धानमा आधारित र पूर्णतः वैध रहेको बताए।


Facebook Comment