वर्षापछि सडक हिलाम्मे, दाउन्ने खण्डमा १४ घण्टादेखि यातायात ठप्प
काठमाडौं । लगातार वर्षापछि सडक हिलाम्मे बनेको कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड १४ घण्टादेखि अवरुद्ध भएको छ । स्थानीयका अनुसार बिहीबार साँझ ५ बजेदेखि यातायात ठप्प भएको हो ।
पूर्व–पश्चिम गन्तव्यतर्फ यात्रा गरिरहेका सयौँ यात्रु दाउन्ने क्षेत्रमा अलपत्र परेका छन् । दुम्कीबासदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने विश्वकर्मा मन्दिरनजिक सडक हिलाम्मे बनेपछि लामो जाम दुम्कीबास बजार हुँदै जंगलसम्म पुगेको छ ।
स्थानीयका अनुसार विश्वकर्मा मन्दिरदेखि करिब ५० मिटर पूर्वतर्फ नाला निर्माण नभएकाले वर्षायाममा पानी सडकमै बग्ने गर्छ । सोही कारण सडक उकालोमा ठूला गाडी फस्दा राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।


Facebook Comment