माओवादी सांसदको आरोप- ऊर्जामन्त्री र राज्यमन्त्रीबाट डकैती शैलीमा निर्णयको प्रयास भयो

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन् ।बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाएका हुन् ।

‘१९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् परियोजना र ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजा जसरी नियम मिचेर ठाडै त्यो त डकैतीकै शैलीमा एउटा निर्णय गरेर दिन प्रयत्न गर्नुभयो । देशव्यापी रुपमा चौतर्फी दबाब परिसकेपछि त्यो अहिले एउटा हिसाबले क्यान्सिल भएको छ,’ सांसद सापकोटाले भने ।जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिस्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेको भन्दै सांसद सापकोटाले आपत्ति जनाए । ‘हाम्रो समितिको कार्यक्षेत्र रहेको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको कुरा गर्दा जगदुल्ला हाइड्रोपावरको विषयलाई लिएर र त्यसको निर्माण कम्पनी छनोट गर्ने विषय जसरी अगाडि आयो । राष्ट्रिय समाचार माध्यमहरूमा पनि त्यो आएको छ,’ उनले भने, ‘त्योसँग सम्बन्धित रहेका निर्माण कम्पनीहरू आफैँ अख्तियारमा मुद्दा लिएर जानुभयो ।

मन्त्रीले आफ्नो कार्यकक्षमा प्रतिस्पर्धामा रहेका आठ वटा निर्माण कम्पनीहरूलाई बोलाउनु भयो । जगदुल्ला हाइड्रोपावर कम्पनीका सिइओलाई पनि बोलाउनु भयो र सात वटा कम्पनी ब्याक हुने र एउटा कम्पनीले मात्रै क्वालिफाई बनाउनुप¥यो भनेर भन्नुभयो ।’सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति पनि आपत्ति जनाए । सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *