बलात्कार मुद्दामा ऐन महरमाथि अनुसन्धान अघि बढाउन परमादेश, रश्मिला धामी पुन: पक्राउ
रश्मिला धामी पुनः साइबर अपराधको आरोपमा पक्राउ परेकी छन् । यसअघि पनि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी घटनामा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलका अनुसार युवतीको उजुरीका आधारमा काठमाडौँको माइतीघर मण्डलाबाट सिंहदरबार वृत्त अनामनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।
हाल उनलाई चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।धामी यसअघि पनि फेसबुक लाइभमार्फत विभिन्न व्यक्तिको नाम लिएर चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी थिइन् । एमाले नेता ऐन महरमाथि धामीले बलात्कारको आरोप लगाएकी छन् । तर, महर पक्षले भने धामीले झुटा आरोप लगाउँदै रकम मोलमोलाइको प्रयास गरेको दाबी गर्दै आएका छन् ।
Facebook Comment