ट्रम्पको आप्रवासी नीति : करिब ३ हजार नेपाली ६ महिनाभित्र डिपोर्ट हुनसक्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनेबित्तिकै अवैध रुपमा प्रवेश गरेका आप्रवासी फर्काउने आप्रवासनसम्बन्धी नीतिको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।जसको कारण अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरु पनि प्रभावित हुने देखिन्छ ।
अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्ककाअनुसार ट्रम्पको उक्त नीतिअन्तर्गत ३ हजारभन्दा बढी नेपाली डिपोर्ट हुन सक्नेछन् । जसमा जुन २४, २०१५ पछि अमेरिकामा प्रवेश गरेका पर्दछन् । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्याङ्कअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भएपनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् ।
तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानूनी सुरक्षा नभएकोले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइएको छ । जसमा सन् २०२१ मा ३८ साथै २०२२, २०२३ र २०२४ मा क्रमशः २४, २५ र १६ जना छन् ।
Facebook Comment