हाम्रो साझा एरोविक्स एन्ड डान्स भृकुटीमण्डप दुवै मिर्गौला फेल भएको व्यक्तीलाई गर्यो सहयोग
बिहान दैनिक एक घण्टा शारीरिक ब्याम गरेर शरीरमा अर्को २३ घण्टाको लागि ऊर्जा ग्रहण गर्ने एक मात्र ऊर्जावान् स्थान हो हाम्रो साझा एरोविक्स एन्ड डान्स भृकुटीमण्डप, जुन भृकुटीमण्डपको संस्थाहो ।यो संस्थाले विगत ९ वर्ष देखि अनवरत रूपमा विभिन्न विद्याहरूमा निःशुल्क विधाका सेवाहरू प्रदान गर्दै आएको छ ।
साथै यस संस्थाबाट विभिन्न सामाजिक क्रियाकलापहरू जस्तै, रक्तदान र गरिब विद्ययार्थीहरुलाइ लत्ता कपडा, कपी कलम वितरण जस्ता कार्यमा हातेमालो गर्दै आइरहेको छ ।दुई वर्ष अगाडीको जाजरकोट र रुकुम जिल्लामा गएको विनाशकारी भूकम्पको समयमा रु पचास हजार बराबरको ब्लाङकेट , एस्पर्ट एजुकेसन एन्ड भिसा सर्भुसेस नेपाल अन्तर्गतको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसन नेपाल जसले रु पचा लाख बराबरको ५०० वटा कम्बल सहयोग गरेको थियो सोही सस्थासगं सहकार्य गरेर ५० वटा कम्बल हाम्रो साझा एरोविक्स एन्ड डान्स भृकुटीमण्डपले पनि पठाएको थियो ।
यस क्रममा दुवै मिर्गौला फेल भइहाल उपचारको क्रममा रहेका अति कमजोर आर्थिक अवस्थाका मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वाड ४ निवासी ३० बर्शिय सुर्य बहादुर धिमाललाई मिति २०८१ साल माघ १२ गते शनिवार हाम्रो साझा एरोविक्स एन्ड डान्स भृकुटीमण्डपका सम्पूर्ण सदस्यहरूबाट हतोहात र तत्काल सङकलन गरि रकम रु असी हजार सहयोग गरेका छन् ।
Facebook Comment