रास्वपा सांसद कठायतको उजुरी : होटलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन् ।प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् ।

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् ।२४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए । सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन् ।

सो विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् ।

हेर्नुहोस् उजुरी;




Leave a Reply

Your email address will not be published. Required fields are marked *