झडपपछि बारामा कर्फ्यू जारी
काठमाडौं । बाराको सिमरामा बुधबार दिउँसो भएको झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ।
स्थानीय प्रशासनले स्थिति भड्किन नदिनका लागि गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि भेला, जुलस, सभा, बैठक, घेराउ वा प्रदर्शन गर्न रोक लगाएको जनाएको छ।
प्रहरी र जनजागरण युवा–जेनजी बीच झडप तब भएको हो जब एमाले नेता महेश बस्नेत सिमरामा आउँदै थिए। सिमरा एयरपोर्ट नजिकै जेनजीले विरोध कार्यक्रम आयोजना गर्दा युवा संघका कार्यकर्तासँग भिडन्त भएको थियो। झडपका कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।
यसअघि, युवा जनजागरण अभियान अन्तर्गत बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत बोल्न आउन लागेका थिए। जेनजी युवाहरूले उनीहरूलाई रोक्ने प्रयास गर्दा विवाद भएको बुझिएको छ।
जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेर स्थिति नियन्त्रणमा राख्ने प्रयास गरेको छ र स्थानीय प्रशासनले नागरिकलाई सुरक्षा सुनिश्चित गर्न सबैलाई आदेश पालना गर्न आग्रह गरेको छ।


Facebook Comment