कालीमाटी परीक्षणमा धनियाँ–काक्रोमा उच्च विषादी भेटियो

काठमाडौं । हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो ।

विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो ।

अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ । ४५ प्रतिशत वा त्यभन्दा माथि विषादी भेटिएको हकमा उक्त तरकारी नष्ट गर्नुपर्ने प्रावधान छ । यदि ३५ देखि ४५ प्रतिशतको बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केहि दिन राखेर प्रयोग गर्न सकिने प्राबधान रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *