हमासले थप छ इजरायली बन्धक रिहा गर्ने

हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ।

हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्।रिहा गरिने बन्धकहरूमध्ये एक नागरिक अर्बेल येहुद पनि थिए। नागरिकको रिहाइमा ढिलाइ भएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन।हमासले शनिबार चार जना बन्धकहरूलाई पनि रिहा गरे पनि अर्बेल येहुदलाई रिहा गरेको थिएन।इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो। सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नुपर्ने थियो।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *