कांग्रेस सचेतकले अध्यादेशबाटै सरकार चलाउने भन्नुभयो, हाम्रो आपत्ति छ : हितराज पाण्डे

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् ।मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको उनको भनाइ थियो ।‘सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्युले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ,’ पाण्डेले भने, ‘त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुप¥यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरूको लागि महत्त्वपूर्ण हो ।

यो संसद्मा गम्भिर ढंगले प्रश्न उठाउँछौँ ।’ उनले उक्त विषय संसद्मा गम्भीर ढंगबाट आफूहरूले उठाउने पनि बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *