समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेश

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गरेकोछ । सामाजिक सञ्जाल व्यवस्थापनमा गर्न विधेयक जति सक्दो छिटो ल्याउने कुरामा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जोड दिदैँआउनुभएको छ ।

यसै अनुरुप उक्त विधेयकलाई संघीय संसद समक्ष पेश गर्न २०८१ माघ ७ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं सह–सचिव गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको सामाजिक सञ्जाल व्यवस्थापन गर्न बनेको सञ्चार विधेयक अब संघीय संसदमा पेश भई सदनमा छलफलको प्रक्रियामा जाने बताउनुभयो ।

त्यस्तै, मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि संघीय संसदमा दर्ता भई छलफलको क्रममा रहेकोछ भने सुरक्षा मुद्रण सम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ प्रमाणीकरण भई कार्यान्व्यनका क्रममा रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *