विदेश जाने छटपटाहट छाडेर नेपाललाई नै स्वर्ग बनाउन जुटौं: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन्।तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर बुधबार सहिदहरूको शालिकमा माल्यार्पण पछि सम्बोधन गर्दै उनले भने, ‘सहिदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं।

अब विदेश जाने छटपटाहट छोडौं र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौं।’लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै उनले अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे। गाउँमै रोजगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने उनको भनाइ छ।राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा माल्यार्पण गरेका थिए।

लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *