हुण्डी कारोबारको आरोपमा पर्साबाट एक भारतीय नागरिक पक्राउ
हुण्डी कारोबार गरेको आरोपमा पर्साबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार छन् । उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।बुधबार दिउँसो साढे ४ बजेतिर बीआर ०५ क्यू ४३८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई ६ लाखसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रौनियारविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
Facebook Comment