ताप्लेजुङको बन्द खुलाउन यातायात व्यवसायीको माग

यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गरी तीन दिनसम्म पनि यातायात खुल्न नसक्दा व्यवसायीलाई अतिरिक्त भार परिरहेको जनाएको छ ।नेपाल सरकारलाई २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा बैंकबाट ऋण लिएर खरिद भएका सवारीसाधन चल्ने वातावरण नहुँदा मासिक किस्ता बुझाउन समेत समस्या हुने व्यवसायीको भनाइ छ ।

यसले यातायात मजदुर र आश्रित परिवारमा समेत असर पर्ने व्यवसायीको भनाइ छ । महासंघले वार्ता र संवादका माध्यमबाट समस्या समाधान खोज्न राज्य र बन्दकर्तालाई अनुरोध समेत गरेका छन् ।पाथीभरामा केबुलकार बनाउने विषयको विवादले स्थानीय र सुरक्षाकर्मीबीच पटकपटक विवाद र झडप हुँदै आएको छ । विज्ञप्तिमा महासंघका झापा, इलाम, पाँचथर र ताप्लेजुङ संयोजकले हस्ताक्षर गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *