अन्तर्राष्ट्रिय व्यापार बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । त्यसका लागि वातावरण बनाउन सरकारले पहल गरिरहेको भन्दै उनले उत्पादन बढाउन प्रधानमन्त्रीको सुझाव छ ।नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन आग्रह गरेका हुन् ।

निर्यात बढाउन ठूलो परिमाणमा उत्पादन वृद्धि गर्न तथा उत्पादित वस्तु कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको तयारी गर्न उनको आग्रह थियो ।सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताए । राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेको उनको भनाइ थियो ।‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौं । त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यपार मान्न सकिंदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ ।

”नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्योग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह गरेको बताए ।नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही २१ माघसम्म चल्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *