नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै

नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल शुक्रवार हुँदैछ । आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् ।एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक छन् ।फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६ः३० बजे सुरु हुनेछ ।

त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *