फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी

पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो । दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका–४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् । प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *