महिला टी-२०आईमा रचनाको पहिलो विकेट
रचना कुमारी चौधरीले नेपालका लागि महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएकी छन् ।
काठमाडौंमा जारी महिला टी–२०आई शृंखलाअन्तर्गत मंगलबार थाइल्याण्डसँगको खेलमा नै डेब्यू गरेकी बाँयाहाते स्पीनर रचनाले राष्ट्रिय टिमका लागि डेब्यू विकेट लिएकी हुन् ।उनले फनिता मायालाई विकेटकिपर अलिशा कुमारी यादवको हातबाट क्याच आउट गराइन् । कविता कुँवर चोटका कारण बाहिरिएपछि उनको ठाउँमा रचना टिममा आएकी थिइन् ।
रचनाले यसअघि यू–१९ टोलीबाट महिला टी–२० विश्वकप खेलेकी थिइन् । थाइल्याण्डले नेपालविरूद्ध पहिले ब्याटिङ छ ।
Facebook Comment