१०४ भारतीयलाई लिएर अमेरिकी सैन्य विमान भारतको शहर अमृतसरमा अवतरण

कागजातबिना अमेरिकामा बसिरहेका १०४ भारतीयलाई लिएर अमेरिकी सैन्य विमान सी–१७ भारतको शहर अमृतसरमा अवतरण गरेको छ। बुधबार सो विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो।अमेरिकाबाट डिपोट हुनेमा हरियाणाका ३३, पञ्जाब–चण्डीगढका ३२ साथै बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले समाचारहरूमा जनाएका छन्।कागजातबिना बसेका अन्यलाई पनि डिपोट गरिने बताइएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *