रवि, जिबी र छविको सम्पत्ति जफत गर्न माग
आज आइतबार जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले लामिछानेसहित तीन जना विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। दर्ता भएको मुद्दामा लामिछानेसहित, जिबी राई र छविलाल जोशीको पनि सम्पत्ति नै जफत गर्न माग गरेको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जना विरूद्धको मुद्दामा उनीहरूको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ । दर्ता भएको मुद्दामा लामिछानेसहित, जिबी राई र छविलाल जोशीको पनि सम्पत्ति नै जफत गर्न माग गरेको हो।
लामिछानेसँगै जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ। गुरूङबाहेक अन्यविरूद्ध पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो। उनीहरूविरूद्ध एक अर्ब ५१ करोड बिगो मागदाबी भएको छ। विस्तृत विवरण आउन बाँकी।
Facebook Comment