थुनछेक बहसका लागि प्रहरीले रविलाई पुर्यायो अदालत
थुनछेक बहसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन्। प्रहरीले उनलाई अदालत पुर्याएको हो। उनीलगायतविरुद्धको सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतमा आज पनि थुनछेक बहस हुँदैछ।बुधबारदेखि सुरु भएको उक्त मुद्दाको थुनछेक बहस आज पनि हुने भएको हो।चितवन जिल्ला अदालतले चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको थुनछेक बहस नसकिन्जेलका लागि उनलाई न्यायिक हिरासतमा राख्न भन्दै प्रहरीको जिम्मा लगाएको थियो।न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको थियो।सहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको छ।


Facebook Comment