घोराही-८ का वडाध्यक्ष जितेन्द्र एमालेबाट निष्कासित, फेसबुकमा पार्टी र नेताविरुद्ध लेखेको आरोप
नेकपा एमालेले घोराही उपमहानगरपालिका– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ । आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए ।
Facebook Comment