अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने आदेशमा ट्रम्पको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध प्रतिबन्ध लगाइएको एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र यसको सहयोगी इजरायल विरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लागरहँदा ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन्। यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारहरूका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको वाशिंगटन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन्।

नोभेम्बर २०२४ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो।आईसीसीले नेतान्याहूलाई गाजामा कथित युद्ध अपराधको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गरेको थियो। आईसीसीले हमास कमाण्डर विरुद्ध वारेन्ट पनि जारी गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *