नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन आजदेखि

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी थिइन् ।महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *