धनगढीमा स्कुलबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बाजुराबाट आएर अध्ययनका लागि धनगढी बस्दै आएकी किशोरी बिहीबार साँझ बलात्कारमा परेकी हुन् ।प्रहरीका अनुसार स्कुलबाट घर फर्किंदै गरेकी उनलाई युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी युवककै घर जान बाध्य भएकी थिइन् ।कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टले घटनाबारे प्रहरीलाई मौखिक जानकारी आएकाले थप विवरण बुझ्न बाँकी रहेको बताए । उनले भने,‘‘हामीलाई पनि मौखिक जानकारी आएको छ । अहिले पीडित किशोरीसित थप बुझ्ने काम भइरहेको छ ।’’
Facebook Comment