‘सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छ’

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले आफूसहितका धेरै सांसदहरुले बारम्बार संसद्मा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराए पनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न र पीडितलाई सुरक्षित बासस्थानमा सार्न नसकेको बताए।

उनले दोस्रो किस्ताको राहत वितरण नभएको बताए। सरकारबाट भएको ढिलासुस्तीबाट जनता समस्यामा परेको उनको भनाइ थियो।आफै निर्माण सुरु गरेका केही नागरिकहरुले निर्माण सामग्रीको अभाव, कामदार अभावलगायतको समस्या झेल्नुपरेको बताए। अस्थायी आवास निर्माणको स्थिति हेर्दा पुनःनिर्माणमा झन् ढिलाइ हुने स्थिति रहेको उनले बताए।सांसद शर्माले सरकारले दिएको रकमले २ कोठा पनि बनाउन नमिल्ने बताए। सरकारले पुनःनिर्माण कार्यविधिसमेत हचुवाको भरमा बनाएको उनको आरोप थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *