टेकुमा कवाड व्यवसायी र नगर प्रहरीबीच झडप, ५ जना घाइते

काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ३ जना कवाड व्यवसायी छन् भने २ जना नगर प्रहरी रहेका छन् ।कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ ।काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए । ‘हामीले अवैध संरचना हटाइरहेका छौं, सोही क्रममा टेकु पुगेका थियौं । हामी जाने बित्तिकै उनीहरूले सिसाको बोत्तल हान्न थाले, हाम्रा दुई प्रहरी पनि घाइते भएका छन्, हामीले आत्मसुरक्षा गर्दा केही कवाडी व्यवसायी पनि घाइते भएका होलान,’ जोशीले  भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *