बालेनविरुद्ध फेरि खनिए प्रभु शाह, कवाडी मजदुरमाथि सांघातिक गुण्डागर्दी गरेको आरोप
आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् ।बालेनले काठमाडौंमा कार्यरत कवाडी मजदूर तथा व्यवसायीमाथि आक्रमण गरेको भन्दै पटकपटक विरोध गर्दै आएका शाहले आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै महानगरको गुण्डागर्दी रोक्न माग गरे ।
सांसद साहले टेकुको कवाडमा काम गर्ने मजदूरमाथि महानगर प्रहरीको जत्थाले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै अदालतको आदेश विपरित पटकपटक गुण्डागर्दी गरिएको बताए ।उनले महानगरपालिकाको कानूनविपरितको गुण्डागर्दी रोक्न सरकार किन सक्षम छैन भनी प्रश्नसमेत गरे ।आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए ।
Facebook Comment