आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा
विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् ।आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । उनी राजीनामा बुझाउन सक्सेन निवासमा पुगेकी थिइन् ।दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा २२ सिट मात्र जित्न सकेको छ ।
उपराज्यपाल वीके सक्सेनाले आतिशीको राजीनामा स्वीकृत गरेको बीबीसीले लेखेको छ । उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गरेका छन् ।अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएपछि आतिशी गत सेप्टेम्बरमा दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।भारतीय जनता पार्टी (भाजपा) ले ४८ सिट जितेको छ । २७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भाजापाले पूर्ण बहुमत प्राप्त गरेको छ । जबकि कांग्रेस पार्टीले यस पटक एउटा पनि सिट जित्न सकेन ।
Facebook Comment