महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

ग्राहकहरूलाई सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम कल सेन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।बैंकिङ्ग सेवाहरूको परम्परागत रूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो।महालक्ष्मी कल सेन्टरबाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरूबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाइने छ।

बैंकले एक निश्चित समयभित्र कल सेन्टर मार्फत आएका गुनासो÷जिज्ञासा÷उजुरीहरुको सम्बोधन गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *