अंशबण्डाको विवादले दोलखामा एक महिलामाथि खुकुरी प्रहार प्रयास
दोलखाको भीमेश्वर नगरपालिकामा सोमबार एकजना महिलामाथि सांघातिक हमला प्रयास भएको छ । पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो ।तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् ।
सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । खुकुरी प्रहार प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीले जानकारी दिए ।‘पारिवारिक विवादले यो घटना निम्तिएको देखिन्छ । हाम्रोमा उजुरी पनि परेको छ । अब कानुनी प्रक्रियामा जान्छौं’, अधिकारीले भने, ‘अब आरोपीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं ।’अधिकारीका अनुसार अंशबन्डाका विषयमा पारिवारिक विवाद उत्पन्न भएको हो ।
उक्त विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुलेको प्रहरीले जनाएको छ।
Facebook Comment