सवा ५ करोड लागतमा दरबारमार्ग फुटपाथमा बिछ्याइँदै ‘ग्रेनाइट’

काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा धमाधम ‘ग्रेनाइट’ बिछ्याउने काम गरिरहेको छ ।महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ ।महानगर सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुनेछ ।

फुटपाथजमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ ।‘त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ । त्यसभन्दा माथि पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ । यो १६ मिलिमिटरसम्मको हुनेछ,’ शाक्यले भने ।महानगरले सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिलाई ठेक्का दिएको छ । गत वर्ष ६ चैतमा महानगरले निर्माण पक्षसँग सम्झौता गरेको थियो । चालु आव माघ मसान्तसम्म सक्काउनुपर्ने सम्झौता रहेकाले अहिले धमाधम काम भइरहेको हो ।ग्रेनाइट बिछ्याउने कामको महानगर अनुगमन समिति संयोजक रहेकी उपप्रमुख सुनिता डंगोलले अनुगमन गरिन् ।

फुटपाथमा गरिएको ग्रेनाइट सेटिङ निरीक्षण गर्दै उनले पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुख संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखेकी थिइन् ।त्यस्तै सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रिया निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *