सानदार मःम पसल घटना : दुईजनाको मृत्यु, नौको उपचार जारी

काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । गए राति (माघ २८) उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको परिसर काठमाडौंका प्रमुख एवं एसएसपी विश्व अधिकारीले  जानकारी दिए ।सानदार मःम पसलमा आगलागी ,११ ‘स्टाफ’ घाइते, दुईजनाको अवस्था गम्भीर ग्यास चुहावटका कारण आगलागी हुँदा सोही मःम पसलका ११ कर्मचारी घाइते भएका थिए । तीमध्ये दुईजनाको मृत्यु भएको हो । अरू नौ घाइते सोही अस्पतालमा उपचाररत रहेका एसएसपी अधिकारीले बताए । यही माघ २४ गते बिहान उक्त मःम पसलमा आगलागी भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *