‘मिस ग्लोब’ डायना काठमाडौंमा
‘द मिस ग्लोब २०२४’की विजेता डायना मोरेनो नेपाल आएकी छन् । मंगलबार मध्यान्ह काठमाडौं विमानस्थलमा अवतरण गरेकी उनले पहिलो नेपाल भ्रमणमा आउन पाउँदा खुसी लागेको बताइन् ।‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को निम्तोमा उनी काठमाडौं आएकी हुन् । आउने शनिबारदेखि हुने पेजेन्टको अडिसनमा उनले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।
जसअन्तर्गत वल्र्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रन–वे शो पनि गर्दैछ । यो शो जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ । साथै उनले शनिबार काभ्रेमा हुने एक छलफल सत्रमा समेत भाग लिनेछिन् ।नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय जजलाई ल्याइएको यो पहिलो अवसर भएको दावी छ । चौंथो संस्करणबाटै अन्तर्राष्ट्रिय विजेतालाई जजको रुपमा राखिने आयोजक सन्तोष उपाध्यायले बताए ।‘काठमाडौंको अडिसनदेखि काभ्रेमा हुने वल्र्ड युथ फेस्टिभलमा डायनाले सहभागिता जनाउनुले नेपालको ब्युटी पेजेन्ट लगायत फेसन उद्योगलाई नै थप टेवा पुग्नेमा हामी आशावादी छौं’ उनले भने ।मोरेनाको नेपाल बसाइ ५ दिनको हुनेछ । यस अवधिमा काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदा घुम्ने उनको योजना छ । सम्पदा क्षेत्रमा फोटोसुट समेत हुनेछ । पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ ।
मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ । जसमा १८ देखि ३२ वर्षसम्मका महिला र पुरुषले भाग लिन सक्नेछन् । यसमा उचाई र लिङ्गको मापदण्ड तोकिएको छैन । सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन् ।
Facebook Comment