ठमेलमा प्रहरी कुटपिट प्रकरणमा संगठनलाई बदनाम गर्न खोजियो : अनेरास्ववियु
ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा संगठनलाई जोडेर बदनाम गर्न खोजिएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बताएको छ । संगठन सदैव कानुनी राज्यको पक्षधर रहेको अध्यक्ष समिक बडालले निकालेको विज्ञप्तिमा उल्लेख छ।उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको बताएका छन् । ‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भत्र्सना गर्दछ’, उनले भनेका छन् ।
ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा संगठनलाई जोडेर बदनाम गर्न खोजिएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बताएको छ । संगठन सदैव कानुनी राज्यको पक्षधर रहेको अध्यक्ष समिक बडालले निकालेको विज्ञप्तिमा उल्लेख छ।उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको बताएका छन् । ‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भत्र्सना गर्दछ’, उनले भनेका छन् ।आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
Facebook Comment