बुवाको हत्या गर्न छोराबुहारीको सुपारी, ६ जना पक्राउ

इलामा सुपारी दिएर बुवाको हत्या गरेको खुलेको छ । इलाम सूर्योदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गर्न उनकै छोराबुहारीले सुपारी दिएको खुलेको हो ।धनराजको हत्याको आरोपमा प्रहरीले उनकै छोराबुहारी मंगेश भनिने एडवर्ड राई र २६ वर्षीया मालती तामाङसहित ६ जनालाई पक्राउ गरेको इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए ।पक्राउ पर्नेमा सोही नगरपालिकाका २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राई छन् ।प्रहरीको अनुसन्धानका क्रममा धनराजकै छोराबुहारी एडवर्ड र मालतीकै योजनामा उनको हत्या भएको खुलेको हो ।आठ महिना अघिदेखि बुवासित मनमुटाब भएर छुट्टै बस्दै आएका उनीहरूले हत्या गर्न लगाएको खुलेको प्रहरीले बताएको छ । धनराजको शव सोमबार घरमै फेला परेको थियो । उनको रड प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *