अमेरिकामा टिकटक एप स्टोर र प्ले स्टोरमा फेरि उपलब्ध

अमेरिकामा टिकटक गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा फेरि उपलब्ध भएको छ । राष्ट्रिय सुरक्षा कानुनानुसार अमेरिकामा जनवरी १६ मा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।एप स्टोर र प्ले स्टोरबाट हटाइएको करिब २५ दिनपछि टिकटक पुनस्र्थापित भएको हो । बाइटडान्सका अरू एप क्यापकट, लेमन८ लगायत पनि पुनस्र्थापित गरिएको छ ।टिकटकले जनवरी १९ मा आफ्ना प्रयोगकर्तालाई सेवा पुनस्र्थापित गरेको थियो । र, वेबसाइटबाट डाउनलोड गर्न सकिने सुविधा दिएको थियो ।जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेलगत्तै टिकटकमाथि लगाइएको प्रतिबन्ध ७५ दिनका निम्ति स्थगन गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । ७५ दिनभित्र बाइटडान्सले टिकटक कुनै अमेरिकी कम्पनीलाई बेचेमा प्रतिबन्ध हट्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *